(बिहानीआवज संवाददाता)
२८ चैत्र, रामेछाप – प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज सम्पन्न भएको छ । भोलि हुने फाइनल खेलमा अर्गानिक भिलेज नागी र सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरबिच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।
आज सम्पन्न सेमिफानल खेलमा दिपशिखा ब्वाइज युवा क्लब मन्थली र सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरबीच भएको खेलममा सिनिपुले दिपशिखालाई ५-४ गोलको अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको छ । साथै अर्गानिक भिलेज नागी र लालिगुराँस युवा क्लब लखनपुरबिच भएको खेलमा नागीले ४-१ गोलको अन्तरले हराउदै फाइनलमा आफ्नो सिट सुरक्षित गरेकोछ ।
दुवै खेलमा निर्धारित सममयमा सम्म गोल रहित बराबरी भएपछि ट्राईबेकरमा पुगेर खेल अझै रोमाञ्चित भएको थियो ।
भोलि हुने फाइलन खेलको लागि सिनिपु र अर्गानिक नागी भिलेजले प्रतिस्पर्धा गर्नेछ्न भने तेस्रो स्थानका लागि दिपशिखा ब्वाइज युवा क्लब मन्थली र लालिगुराँस युवा क्लब लखनपुर भिडदै छन ।
प्रतिक्रिया