​(सुमन थापा)

काठमाडौँ। नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले बुधबार काठमाडौँमा गणतन्त्र कोरियाको राष्ट्रिय स्थापना दिवसको अबसरमा भव्य समारोहको आयोजना गर्‍यो। समारोहमा नेपालका सम्माननीय उपराष्ट्रपति ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।

​कार्यक्रममा सहभागी पाहुनाहरूलाई स्वागत गर्दै नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि गणतन्त्र कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको उल्लेख गरे।

​नेपालको ‘३ एच’ क्षेत्रमा वास्तविक साझेदार बन्नेगणतन्त्र कोरियाका राजदुत पार्क थेयङको प्रतिबद्धता ।

​राजदूत पार्कले नेपालको प्रचुर सम्भावना भएका तीन मुख्य क्षेत्र (३ एच) लाई प्राथमिकता दिँदै सघन साझेदारीको प्रतिबद्धता व्यक्त गरे। यी तीन क्षेत्रहरू निम्नानुसार छन ।
मानव संसाधन (Human Resource)
​जलविद्युत् (Hydropower)
समृद्ध सम्पदा (Heritage)
उनले यी ‘३ एच’ क्षेत्रमा सहकार्यका लागि गणतन्त्र कोरिया सरकार ‘वास्तविक साझेदार’ को भूमिकामा रहने स्पष्ट पारे। समारोहमा कोरियाली संस्कृति झल्कने मनमोहक सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो, जसमा दक्षिण कोरिया नेपालको ‘राम्रो साथी’ भएको सन्देश दिइएको थियो।

​विशिष्ट महानुभावहरूको बाक्लो उपस्थिति

​राष्ट्रिय दिवसको यस महत्वपूर्ण कार्यक्रममा उपराष्ट्रपति ज्यूका साथै विभिन्न विभागका मन्त्रीहरू, राजदूतहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, सञ्चारकर्मीहरूका साथै काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, व्यवसायीहरू र दक्षिण कोरियाली समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
उक्त समारोहले नेपाल र गणतन्त्र कोरियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्ने विश्वास गरिएको छ।