(बिहानीआवाज संवाददाता)

चैत्र २७ काठमाडौ, नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा ३ दलको बैठक साढे ३ बजे सुरु भएको छ ।

काङ्ग्रेस सभापति शेर बहादुर देउवाको आव्हानमा बसेको बैठकमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु सहभागी रहेका छन ।

बैठकमा नेपाली काङ्ग्रेसको तर्फ बाट शेर बहादुर देउवा, रामचन्द्र पौडेल, शाशंक कोइराला, कृष्ण प्रसाद सिटौला, बिमलेन्द्र निधी, प्रकाश् शरण महत्त, बिजयकुमार गच्छदार, पुर्ण बहादुर खड्का सहभागी भएका छन । तेस्तै माओवादी केन्द्र बाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पुर्व सभामुख कृष्ण बहादुर महरा, र देवप्रसाद गुरुङ सहभागी भएका छन ।

तेस्तै बैठकमा जनता समाजवादी पार्टीको तर्फ बाट महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई राजेन्द्र महत्तो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी भएका छन

३ दलिय सयुक्त बैठकमा सरकार गठनको प्रक्रियाको बिषयमा छलफल हुने । यस अघि चैत्र २० गते सानेपामा बसेको काङ्ग्रेस केन्द्रिय कार्य समितिको बैकले प्रधानमन्त्री के. पि. शर्मा ओलिको राजिनामा माग्ने निर्णय गरेको थियो ।