चैत्र २४-काठमाडौं, माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चारजना प्रतिनिधि सभा सदस्यलाई कारबाही गरेको छ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले नेकपा माओवादी केन्द्र दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन्। माओवादी केन्द्रले चारैजना प्रतिनिधिसभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको पुष्पकमल दाहाल प्रचण्ड द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।