१९ चैत्र
काठमाडौँ-निओ ब्याडमिन्टन समुहले आयोजना गरेको भक्तपुर जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टमा आयोजक टिमबाट राधे लोहाला र कृष्ण प्रसाद शिल्पाकरको टिमले प्रथम स्थान हाँसिल गरेको छ । त्यस्तै, आयोजक टिमबाटै दिपक लामा र राम लिम्बुको टिम द्धितिय भएको छ भने युनिटी क्लवबाट तिलक थापा र बिरेन्द्र विक्रम लामाको टिमले तृतिय स्थान हाँसिल गरेको छ ।

आयोजक टिमका राधे लोहाला र कृष्ण प्रसाद शिल्पाकरको टिमले आयोजक टिमकै दिपक लामा र राम लिम्बुको टिमलाई पराजित गरेर प्रथम स्थिान ओगटेका हुन् । राधे लोहालाको टिम र दिपक लामाको टिमबीचको खेलको पहिलो सेटमा २१/१७ र दोस्रो सेट २१/१५ खेलेका थिए । यता तृतिय स्थान हाँसिल गरेको तिलक थापा र बिरेन्द्र विक्रम लामाको टिमबीचको खेलको पहिलो सेटमा २१/४ र दोस्रो सेट २१/१७ खेलेका थिए । कर्म योञ्जन र रबिन लामाको टिमले तिलक थापा र बिरेन्द्र विक्रम लामाको टिमसंग हार व्यहोर्दै सान्त्वनामा चित्त बुझाए ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । आयोजकले सबैभन्दा जेष्ठ खेलाडी सुर्यविनायक ब्याडमिन्टन ग्रुपका ५७ बर्षीय नविन श्रेष्ठलाई कदर पत्र प्रादान गरि सम्मान गरेको थियो ।

नियमित खेल खेलौँ, मनोरञ्जन गरौं, मस्त हौं, स्वस्थ रहौँ भन्ने नाराका साथ २०७७ चैत १६ गते देखि भक्तपुर जिल्ला, सुर्यविनायक नगरपालिका, ८ स्थित निओलोजिअन स्कुलको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो । खेलमा १७ टिमको सहभागिता रहेको थियो ।

पुरस्कार वितरण समारोहमा बोल्दै सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नेपाली समाजमा खेल निकै महत्वपूर्ण रहेको र यस्ता खालका प्रतियोगिताले सर्वसाधारणमा खेल प्रतिको मोह बढाउने बताउनुभयो । उहाँले सम्पूण विजयी टिमलाई धन्यबाद दिदै खेल हार र जितको लागि मात्र नभई स्वस्थ रहना खेलिने भएकोले यसलाई जित र हारकारुपमा मात्र नलिन भन्दै पराजित टिमलाई हौसला समेत प्रदान गर्नु भयो ।