१७ चैत्र २०७७ काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादको बिषयमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) आफैँ सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च अदालतले २०७५ जेष्ठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा बदर गरिदिएपछि मंगलबार बिहान पौने १२ बजे प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन ।
अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका नेता हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, वर्षमान पुन लगायतका नेताहरु सर्वोच्च पुगेका छन । सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त फैसला गरेको थियो।
फैसलापछि दुई पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए । पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो।
पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट छन्। यसै क्रममा प्रचण्डले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँग परामर्श गरि सर्वोच्च अदालत पुगेका हुन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फैसला पुनरवलोकनको माग गर्दै पुगे सर्वोच्चमा ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…



प्रतिक्रिया