१३ चैत्र २०७७ काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओलिले आज १५ बजे आवहान गरेको नेकपा एमाले संसदिय दलको बैठक पौने ४ बजे सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलि पक्षका राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका प्राय सबै सांसद उपस्थिति देखिएकोछ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पक्षका माधवकुमार नेपाल र भिम रावल बाहेक अन्य सांसदहरु उपस्थिति भएका छन ।

हाल सम्म तटस्थ रहेका बामदेव गौतम पनि बैठकमा सहभागी भएको बैठक सुरु भएको १५ मिनेटमै वरिष्ठ नेता झलनाथ खनाल बैठक छोडेर बाहिरिएका छन । नेता खनालले पार्टीलाई एक ढिक्का पारेर लैजान पर्ने र फाल्गुन २८ मा एकपक्षीय ढंगले गरेका निर्णय खारेज गर्नु पर्ने भन्दै आफ्नो भनाइ शुरुमै राखेर बैठक बाट बाहिरिएका छन ।

अहिले बालुवाटारमा बैठक जारिरहेको छ ।