चैत्र ७, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बसिरहेका बेला सिंहदरवारमा माधव नेपाल पक्षका सांसदहरुको बैठक बसेको छ । उक्त बैठकले संसदीय दलको बैठकमा भाग लिनका लागि शर्त सहितको पत्र तयार पारेको छ । पत्रमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन ।
दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे साढे १ बजे बालुवाटार पुगि प्रधानमन्त्री समक्ष पत्र बुझाएका छन ।
आफूहरु दलको बैठकमा सहभागी हुन्नौं नभनेको तर त्यसका लागि विधान संशोधन लगायतका विषयमा सहमति होस भन्ने चाहेको सुनुवारले बताए ।
दलको बैठक एजेण्डासहित हुनुपर्ने,बालुवाटारको साटो सिंहदरवार वा संसद भवनमा होस भन्ने आफूहरुले आग्रह गरेको उनले बताए ।
नेपाल पक्षका ३ सांसद ३७ सांसदको हस्ताक्षर सहितको असहमति पत्र बोकेर पुगे बालुवाटार ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…






प्रतिक्रिया