चैत्र ७, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बसिरहेका बेला सिंहदरवारमा माधव नेपाल पक्षका सांसदहरुको बैठक बसेको छ । उक्त बैठकले संसदीय दलको बैठकमा भाग लिनका लागि शर्त सहितको पत्र तयार पारेको छ । पत्रमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन ।

दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे साढे १ बजे बालुवाटार पुगि प्रधानमन्त्री समक्ष पत्र बुझाएका छन ।

आफूहरु दलको बैठकमा सहभागी हुन्नौं नभनेको तर त्यसका लागि विधान संशोधन लगायतका विषयमा सहमति होस भन्ने चाहेको सुनुवारले बताए ।

दलको बैठक एजेण्डासहित हुनुपर्ने,बालुवाटारको साटो सिंहदरवार वा संसद भवनमा होस भन्ने आफूहरुले आग्रह गरेको उनले बताए ।