काठमाडौ फाल्गुन २, नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय धुम्बराहीमा नेकपा एमाले शीर्ष नेताहरु बिच आन्तरिक छलफल सुरु भएको छ ।

उक्त छलफलमा सरकारमा रहेका र सरकार बाहिर रहेका दुबै पक्षका शिर्ष नेताहरु सहभागी रहेका छन । पौष ५ गते संसद विघटन भए देखि दुबै पक्षका नेताहरु एकठाउमा बसेर पहिलो पटक छलफलमा देखिएका छ्न ।

आन्तरिक छलफलमा सरकारको तर्फ बाट प्रधानमन्त्री के. पि. शर्मा ओलि, उपप्रधानमन्त्री इश्वर पोखरेल , अर्थ मन्त्री बिष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञावाली, संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी रहेका छन भने सरकार बाहिर रहेका माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, भिम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुषाल सहभागी सहभागी भएका छन ।

लामो समय देखि प्रधानमन्त्री के. पि. शर्मा ओलिको कार्यशैली प्रती माधवकुमार नेपाल पक्ष रुष्ट बन्दै गएको छ ।