काठमाडौं, २८ फागुन । मुलुकले अब शान्तिको बाटो पक्रेको छ । दश वर्षे सशस्त्र युद्धको अन्त्यपछि खुसी भएका नेपाली नागरिक पुनः त्रसित बन्न पुगेको अवस्थाको पनि पटाक्षेप भएको छ ।
दश वर्षे सशस्त्र युद्धमा माओवादीका सबै नेता कार्यकर्ता भूमिगत थिए । र, पछिल्लो समयमा नेकपा विप्लवका नेताहरु सरकारसँग शान्तिको हात मिलाउन अघि २ बर्ष देखि भूमिगत नै थिए । तर उनीहरु प्रतिबन्धित र भूमिगत समयमा कहाँ बस्थे र कसरी सुरक्षित रहन्थे भन्ने चासो भने आम नेपालीमा छ ।
खोज अनुसन्धानको क्रममा हामीले यस्तै एउटा घर फेला पारेका छौ काठमाडौंमा जहाँ तत्कालीन विद्रोही नेकपा माओवादी र नेकपा विप्लव समूहका नेताहरुले बर्षौदेखि प्रयोग गर्दै आइरहेका छन् ।
यही हो, विप्लव नेतृत्वको नेकपाको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य दीपक चलाउनेले सरकारसँग वार्ता अवधिभर प्रयोग गरेको घर । जुन घरले देशलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भुमिका खेलेको छ ।
सरकार र विप्लवसँगको वार्ता अवधिभर विप्लवका दुई नेताले प्रयोग गरेको यो घर जनयुद्धका समयमा विभिन्न नेताहरुले समेत प्रयोग गर्दै आएका थिए । युद्धकालीन समयमा वर्तमान गृहमन्त्रीले समेत प्रयोग गरेको यो घर देश युद्धविरामको अवस्थामा गएपछि नेताहरुले विर्सेका थिए ।
काठमाडौँका व्यवसायी अशोक श्रेष्ठको यो घर, देशका राजनीतिक व्यक्तित्वहरुले कठिन समयममा प्रयोग गरेका थिए । देशको आमूल परिवर्तन पाउने आशामा अशोकले यो घर प्रयोगमा दिएको भएपनि नेतृत्वमा पुगेपछि विर्सेको गुनासो रहेको छ ।
यस्ता धेरै घरहरु छन् काठमाडौंमा, जहाँ सशस्त्र युद्धका दौरानहरुले भूमिगत बसेका नेताहरुले प्रयोग गर्दै आएका थिए । तत्कालीन नेकपा मालेका नेताहरुले पनि नेकपा माले प्रतिबन्धित रहदा पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललगायतले काठमाडौंमा बसेर आफुहरुको आन्दोलनलाई अगाडि बढाएका थिए ।
अहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल भाडाको घरमा नै बस्दै आएका छन् भने धेरै नेताहरुले भने आफ्नै महल ठड्याइसकेका छन् । तर बसेको घरलाई विर्सने बानी भने अधिकांश नेताहरुमा देखिएको गुनासो घरबेटीहरुले गर्दै आएका छन् ।
द्वन्द्वकाल देखि अहिले सम्म भुमिगत नेताहरुलाइ आश्रय दिने यो घर ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…



प्रतिक्रिया