मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा भएको कार्यक्रममा विशेष अतिथिमा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यावसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, ब्याबसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्की, व्यावसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला(कविता) सञ्चालक, नेपाल हाउस मलेसियालगायतको रहेको थियो । यस्तै, कार्यक्रममा व्यावसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष दिनेश खड्कालगायतको आतिथ्यता रहेको थियो । 

मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो संस्कार एवं संस्कृतिको जर्गेना र उत्थान गर्न सहयोग पुग्ने बताउनुभयो ।
जनसवाल राष्ट्रिय दैनिक र जनसवाल टेलिभजिनका सम्पादक एवं अध्यक्ष रामजी बगालेको संयोजकत्वमा मिलाप मासिक र मिलाप न्यूजको आयोजनामा भएको उक्त कार्यक्रम मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा विशेष अतिथि अतिथिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उहाँहरूलाई कार्यक्रम सभापति अधिकारी जनसावलका बगाले र राजदूतावासका प्रथम सचिव धामीले सम्मान पत्र अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल विराट बास्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले बेजोड प्रस्तुति दिनुभएको थियो ।