नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । बैठकमा नेपाली काङ्ग्रेसका वर्तमान तथा पुर्व पदाधिकारीहरुको सहभागी रहेका छन ।

पछिल्लो राजनैतिक अबस्थामामा नेपाली काङ्ग्रेस के कसरी अगाडी बढने भन्ने बिषयमा बैठकमा छलफल भैरहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा ११ गते फैसला सुनाए संगै नेकपा प्रचण्ड-नेपाल पक्षले सत्ता साझेदारीको लागि अहिले प्रतिपक्षी दलहरु संग छलफल अघि बढाएका छन ।

सोही बिषयमा छलफल गर्न बुधबार प्रचण्ड र माधवकुमार नेपाल देउवा निवासमा पुगेका थिए । तेस्तै प्रचण्ड-नेपाल पक्षले आज बिहान मात्र नेकपा पार्टी कार्यालय पेरिस डाडामा जसपा शीर्ष नेता हरु संघ पनि छलफल गरेका छ्न ।