काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व अहं रहेको उल्लेख गर्नुुभयो । प्रधानमन्त्री ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरुलाई सम्मान गर्नुुभएको थियो ।
नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया