काठमाडौ । चर्चित हास्य जोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको “महजात्रा” नामक प्रदर्शन प्रज्ञाभवन कमलादीमा कार्तिक २९ गते बाट सुरु हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छ्न । बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसि लगायत ख्यातीप्राप्त हास्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी, जसलाई नेपाली हास्य क्षेत्रमा “मह जोडी” भनेर चिनिन्छ, पाँच दशक भन्दा वढी समय विभिन्न माध्यम बाट मनोरन्जन क्षेत्रमा आम नेपाली दर्शक लाई हास्य व्यंग्य मार्फत हसाउदै आउनुभएको मह जोडीले नेपालमा दश वर्षपछि मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक “मह जात्रा” नामक प्रदर्शन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका छन्।

प्रदर्शनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ । यस प्रदर्सनको मुख्य विशेषता हास्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरु र विविध मुद्दाहरूलाई उजागर गर्नु हो। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितीहरूलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ।

दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मंचमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्य लाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै प्रदर्शनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको छ। यस प्रदर्शनमा हास्य र सन्देशको मिश्रण हुनेछ, जसले दर्शकहरुलाई हसाउने मात्र होइन, समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्नेछ। यो प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक

घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुनेछ, जसले गर्दा दर्शकहरूलाई हाँस्दै सोच्न बाध्य बनाउनेछ। “मह जात्रा” मह संचार र सुश्री मिडिया प्रा.ली. को सहकार्यमा कातिक २९ गते देखी नेपाल पज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रदर्शनको टिकट खल्ती एप मार्फत खरिद गर्न सकिनेछ । “मह जात्रा” नेपाली हास्य व्यंग्य क्षेत्रमा एउठा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।