एस. के. खड्का

काठमाडौ माघ २७, बैतडिमा १७ बर्षिया बालिका भगिरथी भट्टको बलात्कार पछि हत्या गरिएको घटनालाइ निष्पक्ष छानाबिन गर्न नेबिसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेबिसंघका अध्यक्ष राजिब ढुंङ्गाना सहित सिंघदरबारस्थित गृहमन्त्रालयमा पुगि गृहमन्त्री रामबहादुर थापा ( बादल ) समक्ष ज्ञापनपत्र बुझाएका छन ।

बैतडी जिल्लाको दोगडाकेदार गाउपालिका वाड नम्बर ७, कि १७ बर्षिया बालिका भगिरथी भट्टको बलात्कार पछि हत्या भएको थियो, उक्त हत्यामा संलग्न अपराधीलाई पहिचान गरि हदै सम्म को कार्वाही गर्न जोडदार माग राखी नेबिसंघले ज्ञापनपत्र बुझाएको छ ।

जनतालाइ शान्ति सुरक्षाको अनुभुती दिलाउनु सरकारको दायित्व रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यो घटना प्रती विभिन्न संघसंस्थाले पनि कार्वाही गर्न दबाब दिदै आएका छ्न ।