नेकपाको प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ । 

पौष ५ गते प्रधानमन्त्री के. पि. शर्मा ओलिले प्रतिनिधिसभाको विघटनपछि विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । 

यस समूहले बुधबार काठमाडौंको विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी पुुुरा गरेको छ । संसद विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड-नेपाल समूहले यसअघि पनि काठमाडौंमा लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन गरि सकेेेको छ ।

प्रतिनिधि सभा विघटनको बिरुद्ध केन्द्रीय संघर्ष समितिले बुधबार काठमाडौंमा जुलुस शुरु हुने स्थान र नेतृत्वको बारेमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । समितिले जारी गरेको सूचना अनुसार पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल तथा संघ प्रदेशका सांसदहरुलाई दिएको छ ।
त्यस्तै त्रिपुरेश्वरदेखी सुन्धरा हुँने जुलुसमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायतले नेतृत्व गर्ने जानकारी दिएका छन ।

केन्द्रीय संघर्ष समितिले जनाए अनुसार सबै जुलुस शुरु हुने स्थान सुन्धारा १२ बजे रहेको छ ।