( बिहानीआवज संवाददाता )
काठमाडौ माघ १४ गते, नेकपा उपाध्यक्ष बामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियानलाई जनतामा पुराउन पहलकदमी अभियानमा लागिपरेका छन । “”पार्टी एकता राष्ट्रिय अभियानलाई जनताको बिचमा पुर्याउ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को बिभाजनलाई रोकौ”” भन्ने मुल नाराका साथ नेकपा उपाध्यक्ष बामदेव गौतले घोषणा सभा गरेका छन ।
राष्ट्रिय एकता अभियान संचालनको लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिती रहने छ । यसमा अधिकतम ६ सय ५१सदस्य रहने छन । तेस्तै केन्द्रीय समन्वय समितिमा अधिकतम १ सय ७५ जनाको कार्य सम्पादन समिती हुने ब्यबस्था गरिएको छ भने आवश्यक बमोजीम सचिवालय निर्माण गरिने ।
ललितपुरस्थिति सिद्धार्थ कटेजमा करिब ३ सय कार्यकर्ताको बिच गरिएको घोषणा सभाको मुख्य कार्यभार निम्न अनुसार जारी गरिएको छ ।
* नेपाल कम्युनिस्ट पार्टी ( नेकप ) पुनएकिकरण गराउन आ-आफ्नो तहमा अधिकतम कोशिश गर्ने ।
* प्रत्येक टोल टोलमा एकता पक्षधरको भेला बैठक आयोजना गरि बिभाजनबाट हुने क्षती बारे जानकारी गराउने ।
* आम मतदाता समक्ष एकताको अनिवार्यता र आवश्यकता बारे जानकारी गराउने ।
* उपयुुक्त काम सम्पन्न गर्न जनपरिचालन पनि गर्न सकिने ।
* आपत विपतमा परेका परिवार र कुनै पनि ब्याक्तीलाई राहात उद्दार गर्ने ।
* आर्थिक अभावका कारण बिधालय जान नपाएका बालबालिकालाई बिधालय पठाउने ब्यबस्था गर्ने ।
* आर्थिक अभावको कारण स्वस्थ्य उपचार नपाएका ब्याक्तीहरुलाइ उपचारको ब्यबस्था मिलाउने ।
* कानुनी उपचार नपाएका ब्याक्तीहरुलाइ कानुनी उपचारको लागि सक्दो सहयोग गर्ने ।
* माथी उल्लेखित आचारसंहिता पालना गर्ने गराउने ।
* पुन:एकताको लागि आवश्यकता बमोजिम अन्य कामहरु गर्ने ।
* अभियानका प्रत्येक सदस्यले आफ्नो समितिमा र प्रत्येक समितिले आफू भन्दा माथिल्लो समिती र केन्द्रीय समितीलाइ जानकारी गराउने ।
गत पौष ५ गते प्रधानमन्त्री के. पि. शर्मा ओलि संसद विघटन गरे संगै नेकपा ओलि समूह र प्रचण्ड-नेपाल समुहले छुट्टाछुट्टै भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएका छन । यस्तो विषम परिस्थितिमा यो एकता अभियान पार्टी एकताको लागि कोशेढुङ्गा साबित हुने भेलामा सहभागीहरुले बताएका छन ।
नेकपा एकताको लागि सुरु भयो बामदेव गौतमको एकता अभियान ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…





प्रतिक्रिया