( बिहानीआवज संवाददाता )

माघ- ११ काठमाडौ, नेकपा पार्टी कार्यालय कोटेश्वरमा प्रचण्ड-नेपाल पक्षको स्थायी समितिको बैठक पाच घण्टा बसेर प्रधानमन्त्री के. पि. शर्मा ओलिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाउदै सम्पन्न भएकोछ । बैठकमा सचिवालयका ४ सदस्य सहित अधिकांस स्थायी समिती सदस्यको सहभागीता रहेको थियो ।

आजको बैठकले आन्दोलनको समिक्षा गर्दै केन्द्रिय कमिटिको बैठकको अधिकारलाई प्रयोग गर्दै प्रधानमन्त्री के. पि शर्मा ओलिलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी बाट हटााउने निर्णय गरेकोछ ।
पार्टी केन्द्रिय कार्यालय सचिवमा गंगालाल तुलाधरलाई राख्ने निर्णय गरिएको छ तेस्तै पार्टी केन्द्रिय कार्यालय उपसचिवमा मोहन गौतमलाई राख्ने निर्णय गरिएको र नया संघर्षको कार्यक्रम भोलिको बैठकले तय गर्ने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री के. पि. शर्मा ओलिले पौष ५ गते गरेको संसद विघटनलाई असंवैधानिक रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले माघ ९ गते काठमाडौमा बृहत जनप्रदर्शन गरेको थियो ।

संसद विघटन गरेसंगै नेकपा ३ धारमा देखापरेको छ । एउटा धार प्रधानमन्त्री ओलि पक्षमा रहेको छ भने अर्को धार प्रचण्ड-नेपाल पक्षमा रहेकोछ । दुबै पक्षमा सचिवालय सदस्य समान चार-चार सदस्य रहेका छन ।

तेस्तै नेकपा उपाध्यक्ष एवम सचिवालय सदस्य बामदेव गौतम भने, अहिले सम्म कुनै पनि पक्षमा उभिएका छैनन । उनि अझै पनि पार्टी एकताको पक्षमा लागिरहेको छन । उपाध्यक्ष गौतमले आगमी माघ १४ गते नेकपा पार्टी एकता अभियान संयोजक समिति ५०१ जनाको गठन गर्ने बताएका छन ।