माघ ४ काठमाडौ, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको दोस्रो पुर्ण बैठक काठमाडौमा सुरु भएको छ । ” न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा” भन्ने मुल नाराका साथ क्वालिटी बैंकेट बुद्धनगरमा बैठक सुरु भएकोछ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उदघाटन गरेको उक्त बैठकमा राष्ट्रिय युवा संघका करिव ३ सय जना सदस्य सहभागी भएका छन ।