के. बि. थापा (सुमन)
माघ २, काठमाडौ, नेकपा पार्टी कार्यालय पेरिसडाडामा बसेको नेकपाको स्थायी समितिको बैठक सकिएको छ । १२ बजे देखि ५ घण्टा बसेको आजको बैठकमा अबको आन्दोलन कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भएको नेकपाका एक स्थायी समिती सदस्यले बताए ।
बैठकबाट बाहिरिदै गर्दा नेकपा स्थायी समिती सदस्य रघु जि पन्तले प्रधानमन्त्री के. पि. शर्मा ओलिले स्वयम्भू र पशुपतिमा बादरलाइ मकै बितरण गरे जस्तै गरि प्रधानमन्त्री के. पि. शर्मा ओलिलेे केन्द्रिय सदस्य बाडेको आरोप लगाएका छन । आन्दोलनमा पार्टीलाई कसरी शसक्त रुपमा लैजाने, आन्दोलन बाटै पार्टीको निर्माण गर्ने र सरकारको काम बाट बिचलित भएका सबै राजनैतिक दलहरुलाइ आन्दोलनमा एकीकृत रुपमा ल्याउन प्रेरित गर्ने बिषयमा छलफल भएको नेकपाका एक केन्द्रिय सदस्यले जानकारी दिए ।
साथै सबै प्रदेश बाट आएको सुझावको आधारमा आन्दोलनमा कसरी जनसहभागिता बढाउन सकिन्छ भन्ने मोडालिटिमा आन्दोलनको रुपरेखा तयार गरिने समेत बताएका छन ।
आजको बैठकले काठमाडौमा माघ १६ गते शक्ति प्रदर्शन गर्ने निर्णय गरेकोछ । तेस्तै प्रदेश नम्बर १ को इन्चार्जमा घनेन्द्र बस्नेत तथा सह इन्चार्जमा राम कार्की, जयन्ती राई र राजेन्द्र राईलाई नियुक्त गर्ने निर्णय गरेको नेकपा नेता भिम रावले बतए ।
झण्डै एक महिना अगाडी प्रधानमन्त्री के. पि. शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरे पश्चात् नेकपा भित्र प्रधानमन्त्री ओलि र प्रचण्ड- नेपाल पक्षधरले आ-आफ्नै गुटको बैठक राख्नुको साथै प्रचण्ड -नेपाल पक्षले सडक आन्दोलन जारी राखेका छन ।
स्वयम्भू र पशुपतिमा बादरलाइ मकै बितरण गरे जस्तै ओलिले केन्द्रिय सदस्य बाडे ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया