के. बि. थापा (सुमन)

माघ २, काठमाडौ, नेकपा पार्टी कार्यालय पेरिसडाडामा बसेको नेकपाको स्थायी समितिको बैठक सकिएको छ । १२ बजे देखि ५ घण्टा बसेको आजको बैठकमा अबको आन्दोलन कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भएको नेकपाका एक स्थायी समिती सदस्यले बताए ।

बैठकबाट बाहिरिदै गर्दा नेकपा स्थायी समिती सदस्य रघु जि पन्तले प्रधानमन्त्री के. पि. शर्मा ओलिले स्वयम्भू र पशुपतिमा बादरलाइ मकै बितरण गरे जस्तै गरि प्रधानमन्त्री के. पि. शर्मा ओलिलेे केन्द्रिय सदस्य बाडेको आरोप लगाएका छन । आन्दोलनमा पार्टीलाई कसरी शसक्त रुपमा लैजाने, आन्दोलन बाटै पार्टीको निर्माण गर्ने र सरकारको काम बाट बिचलित भएका सबै राजनैतिक दलहरुलाइ आन्दोलनमा एकीकृत रुपमा ल्याउन प्रेरित गर्ने बिषयमा छलफल भएको नेकपाका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

साथै सबै प्रदेश बाट आएको सुझावको आधारमा आन्दोलनमा कसरी जनसहभागिता बढाउन सकिन्छ भन्ने मोडालिटिमा आन्दोलनको रुपरेखा तयार गरिने समेत बताएका छन ।
आजको बैठकले काठमाडौमा माघ १६ गते शक्ति प्रदर्शन गर्ने निर्णय गरेकोछ । तेस्तै प्रदेश नम्बर १ को इन्चार्जमा घनेन्द्र बस्नेत तथा सह इन्चार्जमा राम कार्की, जयन्ती राई र राजेन्द्र राईलाई नियुक्त गर्ने निर्णय गरेको नेकपा नेता भिम रावले बतए ।
झण्डै एक महिना अगाडी प्रधानमन्त्री के. पि. शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरे पश्चात् नेकपा भित्र प्रधानमन्त्री ओलि र प्रचण्ड- नेपाल पक्षधरले आ-आफ्नै गुटको बैठक राख्नुको साथै प्रचण्ड -नेपाल पक्षले सडक आन्दोलन जारी राखेका छन ।