के. बि. थापा (सुमन)
माघ १ गते, काठमाडौ संसद विघटनको बिरुद्धमा जारी भएको सडक आन्दोलनको समिक्षा गर्दै नेकपाको स्थायी समितिको बैठक सकिएको छ ।
नेकपा पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा बसेको नेकपा ( प्रचण्ड- नेपाल पक्ष ) को स्थायी समिति बैठकमा आन्दोलनको समिक्षा भएको छ । झण्डै साडे २ घण्टा सम्म बसेको बैठकमा प्रचण्ड-नेपाल पक्षका २५/२६ जना स्थायी समिती सदस्यको सहभागीता रहेको थियो ।
बैठकमा हालसम्म आन्दोलनका लागि सात वटै प्रदेशको नेतृत्व गरिरहेका इन्चार्जहरुले आन्दोलनको अवस्था बारे स्थलगत रिपार्टिङ गरेका छन ।
आजको बैठकमा बिगतमा भएको आन्दोलनको समिक्षा, मुल्यांकन र आगमी दिनमा आन्दोलनलाई थप प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा छलफल भएको नेकपाका एक स्थायी समिती सदस्यले बताएका छन ।
साथै अर्को स्थायी समितिको बैठक भोलि माघ २ गते ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा पुन: बस्ने गरि आजको बैठक समाप्त भएको छ ।
गत पौष ५ गते प्रधानमन्त्री के. पि. शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरे पश्चात् नेकपा भित्र प्रधानमन्त्री ओलि र प्रचण्ड- नेपाल पक्षधरले आ-आफ्नै गुटको बैठक राख्दै आएका छ्न ।
त्यसैगरी संसद विघटनको विरुद्धमा संसद पुनरस्थापनाको माग गर्दै प्रचण्ड- नेपाल पक्षले सडक आन्दोलन गर्दै आएका छन ।
आन्दोलनको समिक्षा गर्दै नेकपा स्थायी समितिको बैठक सकियो ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया