के. बि. थापा (सुमन)
माघ १ गते, काठमाडौ संसद विघटनको बिरुद्धमा जारी भएको सडक आन्दोलनको समिक्षा गर्दै नेकपाको स्थायी समितिको बैठक सकिएको छ ।

नेकपा पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा बसेको नेकपा ( प्रचण्ड- नेपाल पक्ष ) को स्थायी समिति बैठकमा आन्दोलनको समिक्षा भएको छ । झण्डै साडे २ घण्टा सम्म बसेको बैठकमा प्रचण्ड-नेपाल पक्षका २५/२६ जना स्थायी समिती सदस्यको सहभागीता रहेको थियो ।

बैठकमा हालसम्म आन्दोलनका लागि सात वटै प्रदेशको नेतृत्व गरिरहेका इन्चार्जहरुले आन्दोलनको अवस्था बारे स्थलगत रिपार्टिङ गरेका छन ।

आजको बैठकमा बिगतमा भएको आन्दोलनको समिक्षा, मुल्यांकन र आगमी दिनमा आन्दोलनलाई थप प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा छलफल भएको नेकपाका एक स्थायी समिती सदस्यले बताएका छन ।

साथै अर्को स्थायी समितिको बैठक भोलि माघ २ गते ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा पुन: बस्ने गरि आजको बैठक समाप्त भएको छ ।

गत पौष ५ गते प्रधानमन्त्री के. पि. शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरे पश्चात् नेकपा भित्र प्रधानमन्त्री ओलि र प्रचण्ड- नेपाल पक्षधरले आ-आफ्नै गुटको बैठक राख्दै आएका छ्न ।

त्यसैगरी संसद विघटनको विरुद्धमा संसद पुनरस्थापनाको माग गर्दै प्रचण्ड- नेपाल पक्षले सडक आन्दोलन गर्दै आएका छन ।