पौष १२, काठमाडौ, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वमा ४ सदस्यीय टोली ४ दिने नेपाल भ्रमणमा काठमाडौ आइपुगेका छन । मध्यान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अवतरण गरेका गुओ नेतृत्वको टोली ४ सदस्यीय रहेको छ । उक्त टोलि चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर नेपाल भ्रमणमा आएको श्रोतको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद् विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएका बेला चिनियाँ उच्च नेतृत्वको नेपाल भ्रमणलाई महत्त्वपूर्ण भ्रमणको रुपमा हेरिएकोछ । भ्रमण टोलीमा चार जना उच्च राजनीतिज्ञ छन भने दुई सरकारी अधिकारी रहेका छन ! यो भ्रमणले नेकपा फुटन नदिने अन्तिम प्रयास गर्ने तयारी गरेको छ ।

नेपालमा रहदा चिनियाँ टोलीले राष्ट्रपति बिद्यादेबि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपापा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल सहितका उच्च राजनीति नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको छ ।


चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार एकैदिन दाहाल–नेपाल पक्षका तीनजना नेतालाई भेटेकी थिइन । नेकपा विभाजित भइसकेपछि उनले सबैभन्दा पहिले गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गरेकी हुन ।

हाउले बिहिवार प्रचण्ड निवास खुमलटार पुगि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग भेट गर्दै चिनिया टोलिको भ्रमण बारे जानकारी गराएकी थिइन । यसअघि चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते नेपाल भ्रमणमा आएका थिए।