फाल्गुन १४, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्दै लोसपा छाडेको जानकारी गराएका हुन् ।

अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उनको निष्कर्ष छ । “अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ, विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन, सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ ।

यसको निम्ति, यस नवीन युगको नवीन नेपाल निर्माणनिम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु,” उनले भनेका छन् । उक्त कार्यक्रममा बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ती क्रान्ति सम्बन्धमा “स्वदेशवाद, बहुल राष्ट्रवाद तथा सामुदायिक समाजवाद” को बिषयमा बुद्ध छिरिङ मोक्तानले बृहत् प्रशिक्षण