पौष ९ गते, काठमाडौ, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष बाट हटाउदै केन्द्रिय कमिटी बैठक सम्पन्न भएकोछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बसेको नेकपाको केन्द्रिय कमिटि बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष बाट हटाएकोछ । साथै उक्त बैठकले ७ वटै प्रदेश संयोजक, उपत्यका संयोजक र जनवर्गिय संगठनहरुको चयन गरेकोछ ।

चयन भएका संयोजकहरुमा प्रदेश नम्बर १ संयोजक सुवास नेम्वाङ , प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डल, बाग्मती प्रदेश संयोजक ईश्वर पोखरेल, प्रदेश नम्बर ५ संयोजक शंकर पोखरेल रहेका छन ।

त्यस्तै गण्डकी प्रदेश संयोजक पृथ्वी सुब्बा गुरुङ, कर्णाली प्रदेश संयोजक मणि थापा, सुदुर पश्चिम प्रदेश संयोजक लेखराज भट्ट, जनवर्गीय संगठन प्रमुख टोपबहादुर रायमाझी, र काठमाडौ उपत्यका संयोजक कृष्णगोपल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

बैठक पछि बोल्दै नेकपा प्रवक्ता एबम परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावालिले खाली रहेको मन्त्रीहरु छिट्टै पदास्थापन गरिने बताउनु भएकोछ ।