पौष ९ काठमाडौ, नेकपाको तेस्रो केन्द्रिय समितिको बैठक बालुवाटारमा सुरु भएको ।
प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे बस्ने भनिएको बैठक ५५ मिनेट ढिलो गरेर १:५५ बजे के. पि. शर्मा ओलिको अध्यक्षतामा बसेको बैठकमा ओलि पक्षधरका केन्द्रिय सदस्यहरुको सहभागीता रहेको छ ।

यस अघि पौष ७ गते बसेको बैठकले नेकपाको प्रवक्ता बाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावाली लाई नियुक्त गरेको थियो साथै माहाधिवेसन को मिति २०७८ मंसिर २ गतेलाई तोकिएको थियो । तेस्तै उक्त बैठकले नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिती सदस्य ११९९ हुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री के. पि. शर्मा ओलिले पौष ३ गते संसद विघटन गरेपछी नेकपामा ओलि पक्ष र प्रचण्ड- नेपाल पक्षले छुट्टाछुट्टै भेला तथा बैठक राख्दै आएका छ्न भने उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ( बादल) अहिले सम्म कुनै पनि बैठकमा सहभागी भएका थिएनन तर आजको बालुवाटारमा बसेको नेकपा केन्द्रिय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएका छन ।