पौष ५ काठमाडौ, प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसंग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीबारे १ घण्टा छलफल गर्नुभएको हो ।

जानकारी अनुसार प्रधानमन्त्री ओलीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनका लागि चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाउनुभएको हो ।

आइतबार बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनका लागि सिफारिस गर्नुभएको थियो । त्यसको केही समयपछि नै राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु भएको थियो । जसको परिणाम स्वरुप देशव्यापीरुपमा आक्रोश बढनुको साथै देशब्यापी बिरोध प्रदर्सन भैरहेको छ ।