पौष ५ काठमाडौ, प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसंग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीबारे १ घण्टा छलफल गर्नुभएको हो ।
जानकारी अनुसार प्रधानमन्त्री ओलीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनका लागि चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाउनुभएको हो ।
आइतबार बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनका लागि सिफारिस गर्नुभएको थियो । त्यसको केही समयपछि नै राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु भएको थियो । जसको परिणाम स्वरुप देशव्यापीरुपमा आक्रोश बढनुको साथै देशब्यापी बिरोध प्रदर्सन भैरहेको छ ।
संसद विघटन पछि प्रधानमन्त्रीद्वारा बालुवाटारमामा सुरक्षा निकाएका प्रमुखसंग छलफल ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया