पौष ५, काठमाडौ, सिंहदरबारस्थित संसद सचिवालयको भवनमा पत्रकार सम्मेलन गरि मन्त्री हरुले सामुहिक राजिनामा दिएका छ्न ।
प्रधानमन्त्री के.पि. शर्मा ओलिले असंबैधानिक तरिकाले संसद बिघटन गरेको भन्दै प्रचण्ड- नेपाल समुहका सात जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छ्न।

राजिनामा दिनेहरुमा पर्यटन मन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसाल, खानेपानी मन्त्री बिना मगर, श्रम मन्त्री रामेश्वर राय यादव, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत मन्त्री बर्षमान पुन र बन मन्त्री शक्ति बहादुर बस्नेत रहेका छ्न । सबै मन्त्री हरुले सिंदरबारमा पत्रकार सम्मेलन गरि पदबाट सामुहिक राजिनामा दिएका हुन ।