काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो । नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।