अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू १ दिने नेपाल भ्रमणको लागि बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका छन ।

मन्त्री लू दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष के. पि. शर्मा ओलि र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

साथै मन्त्री लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामूहिक भेटघाट गर्नेछन् ।

उनी केही दिनयता भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा पूरा गरेर आज नेपाल आएका हुन । यसअघि २०७९ साउन दोस्रो साता नेपाल आएका लूको नेपालका लागि यो तेस्रो भ्रमण हो ।