कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा सहभागी हुन टर्की प्रस्थान गरेकी छन्।

टर्कीको अन्तालियामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनमा सहभागी हुन उनी नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन्।

सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

सम्मेलनमा उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछिन्।

त्यस्तै, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीबापतको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्ने कार्यक्रम रहेको छ।