काठमाडौंका विभिन्न स्थानबाट ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानी बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया