नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका साझा शत्रु भएको बताएका छन्।
नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्यालीपछि बोल्दै सचिव सुवालले यस्तो टिप्पणी गरेका हुन्।
पुराना र नयाँ दुवै राजनीतिक शक्तिबाट देश बन्न नसक्ने ठोकुवा गर्दै उनले भने, ‘पुराना पार्टीहरूले भ्रष्टाचार गरी देश डुबाए, नयाँ भनिएको पार्टीले गत वर्ष भदौ २३ र २४ गते देश जलायो। यी दुवै पक्षबाट देश बन्दैन।’
सुवालले देशमा भ्रष्टाचार नियन्त्रणको सुरुवात प्रधानमन्त्री स्वयंबाटै हुनुपर्ने खाँचो औंल्याए। नेतृत्व स्वच्छ भए मात्रै तलसम्म सुशासन कायम हुने उनको तर्क थियो।
प्रधानमन्त्रीको भूमिकाबारे बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरूले गर्न सक्दैनन्, मन्त्रीहरूले गर्न नसकेपछि हाकिमहरूले पनि गर्न सक्दैनन्।’

प्रतिक्रिया