सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले उक्त रकम बुझाएर रिहाइ पाएका हुन्।

अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्टै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अग्रवाल अदालतको आदेशपछि धरौटी रकम बुझाएर रिहा भएका हुन्।