नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ।

यो प्रकरणमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो प्रेस कन्फ्रेन्स गरेर सबै विषयवस्तुहरु डिटेलमा राखिसक्नु भएको छ। जसको सार दुइटा छ। एउटा यो बदनियतका साथ चलाएको हल्ला हो। यसलाई हामी पूर्ण रुपमा खारेज गर्छौ।

दोस्रो नेपाली कांग्रेस पार्टी पार्टीको नेतृत्व सबै खालको अनुसन्धानको लागि तयार छ। यति कुरा पार्टीको उपसभापतिले बोलिसके पछाडी मैले नबोले पनि हुने हो तर केहि केहि विषयहरुमा मलाई डिरेक्टली कम्युनिकेट गर्नुपर्छ भन्ने लाग्छ। त्यसले यो सन्दर्भमा पनि मैले एउटा सानो भिडियो बनाएको छु।

फिक्सर इनम सापकोटा जो अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन्। उनको भनेर एउटा अडियो बाहिर आएको छ। त्यो अडियोमा मेरो बारेमा के कुरा सुनिएको भनेर त्यो अडियो कहाँ बोलेको कसले बोलेको किन बोलेको कहिले बोलेको थाहा छैन।

बोलेको हो कि बोलाइएको हो यो पनि थाहा छैन। मलाई यतातिर अले चासो पनि छैन किनकि यो समग्र कुराका एक पछि अर्को पोलहरु पक्कै पनि खुल्दै जालान जानु पनि पर्छ। तर एउटा कुरा क्लियर बनाउँछु।

नेपाली कांग्रेसको पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो। भाद्र २३ र २४ गते नवविले विद्रोह गरे। त्यो विद्रोहको सम्मान गर्दै पार्टी भित्र चेन्ज चाहिन्छ भनेर हामीले कोसिस गर्यौ। रेसिस्ट भयो। त्यसैले पार्टीका भुइ तहको कार्यकर्ताहरुले गरेको विद्रोह त्यो विद्रोहमा हामीहरु मिसिएको हो। विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ के होला भनेर सोच्छ सोच्दैन। करोडको कुरा गर्छन्।

नेपाली कांग्रेसको आधिकारिकताको लडाईमा राजनीतिक कानुनी लडाईमा रुपैया होइन एक सुकाको पनि कुनै आर्थिक लेनदेन कुनै अनुचित काम गरेको छैन भएको छैन। फिक्सर इनम सापकोटाको अडियो भनेर बजारमा आएको कुरामा हाम्रो बारेमा यस्तो सुनिएको रे भनेको बारेमा हामीले सार्वजनिक रुपमा उत्तर दिन हेर्नुपर्ने यो दिन नै नपर्ने विषय हो।

तर यति कुरा भन्यौ अब सक्यो। अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न कहाँ सोध्ने जहाँ सोध्नु पर्ने हो त्यहाँ सोध्ने। फिक्सर इनम सापकोटा अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् त्यहाँ सोध्ने प्रश्न। अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने। यसमा को को जोडिन्छन् ती सबै कुराहरु खोतल्ने। प्रेसको पनि यही जिम्मा हो र अरु चासो राख्नेहरुको पनि यही जिम्मा हो। जब राम्रोसँग अनुसन्धान हुन्छ फेयर अनुसन्धान हुन्छ दुध को दुध पानीको पानी मज्जाले छुटिन्छ। हामी त्यसकै प्रतिक्षामा छौ।

अर्को एउटा प्रसङ पनि छ। अडियोमा हाम्रो बारेमा के कुराहरु आयो त्यसकारणले गर्दा हामी हतार हतार डराएर पार्टीका नेताहरु भेट्न थाल्यौ राति बसेर अनेकन कुराहरु गर्न थाल्यौ। अरे बाबा मैले त भन्दै आएको छु। म तर्सिने जिनिसै होइन तर्सिने बानी नै परेको छैन। नेपाली कांग्रेसको पार्टी सभापति छु मेरो पार्टी सभापति रुपमा केहि डुटीजहरु छन्। मधेश प्रदेशको सरकार नेपाली कांग्रेसको छ।

अबको पाच सात दिन भित्रमा विश्वासको मत लिनुपर्ने छ अरु राजनीतिक दलसँग संवाद गर्नुपर्ने छ प्रचण्डलाई के दिन अगाडी भेटे त्यो भन्दा पहिला उपेन्द्र यादवजीलाई भेटे र त्यही सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटे।

सकियो कुनै कुरा सरकारका बारेमा लुकेर गर्नु पर्ने नै छैन। जे गर्ने हो खुला गर्ने हो। हामीले अस्ति पार्टी केन्द्रीय कार्यालयमा प्रेसहरुलाई बोलाएर खुला भनिसक्यौ। यो सरकार पाँच वर्षको लागि आएको हो। फाइब इयर्सको म्यान्डेट छ त्यसलाई हामी सम्मान गर्छौ तर सरकारले राइट कुरामा फोकस गरोस।

आजको उसको फोकस यत्रो डिजास्टर भएको छ यति धेरै मानिसहरु घरबार बिहिन भएका छन् तिनको पुनरस्थापना कसरी गर्ने सुकुमबासीहरु घर टहरा छोडेर गए खुलामा बसेको कति समय भयो उनको पुनरस्थापना कसरी गर्ने सबभन्दा ठुलो कुरा इकोनोमी छ खोइ जबस खोइ इन्भेस्टमेन्ट जता ततै बर्बाद हुदै गएको छ सब डरले थुर्थुर भएको अवस्था छ।

यसलाई समाल्ने कसरी हो सम्हाल्ने कुरामा हाम्रो ध्यान आकर्षण पनि गराएका छौ। हाम्रो साथ सहयोग रहन्छ जहाँ गल्ती गर्छौ हाम्रो कोइसन रहन्छ भनेर भनेका छौ। तर डेमोक्रेटिक राइटलाई खुम्छ्याउने कुरा हाम्रा संस्थाहरुलाई कमजोर बनाउने कुरा हुदै गर्दा हामी मुख दर्शक भएर बस्दैनौ बोल्छौ प्रश्न गर्छौ पर्ने प्रतिवाद गर्छौ किनकि त्यो हाम्रो डिउटी हो।

खुला भनिरहेका छन्। लु भन्नुपर्ने कुरा केहि पनि छैन। हामीले जतिखेर सरकार माथि क्इसन उठायौ ठ्याक्कै त्यही बेलाबाट एउटा म्यानुफ्याक्चर न्यारेटिभ सुरु भएको छ। के यसले हामीलाई कोइसन गर्ने कुरा हाम्रो बन्द हुन्छ हुदैन। ठिक कुरामा साथ दिने कुरा पनि बन्द हुदैन गलत कुरालाई प्रश्न गर्ने कुरा र प्रतिवाद गर्ने कुरा पनि बन्द हुदैन।

लास्टमा एउटा कुरा भन्छु। म गगन थापा तपाईंको दाइ तपाईंको भाइ तपाईंको साथी तपाईंको छोरा तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मैले सधैं भन्दै आएको छु।

मेरो हातमा दाग छैन मनमा कुनै कालो छैन। मेरो हात सफा छ माइ ह्यान्ड्स आर क्लिन यति नभए लड्ने आँट आउथ्यो। म त आज मात्र हो। यो भन्दा पहिला पनि यो भन्दा अझै बलियो सत्ता भएको बेलामा पनि सत्ताले गलत गरेको बेलामा त्योसँग लड्दै आएको छु प्रश्न गर्दै आएको छु। आफ्नै पार्टीको सरकार हुँदै गर्दा त गलत हुदै गर्दा बोल्न छाडिन। बोल्ने आट कहाँबाट आउछ?

म कतै कमजोर भएको भए मेरो स्वच्छता इमान्दारिता मेरो नैतिकतामा कहिँ कतै कम्प्रमाइज भएको भए त्यो बोल्ने आँट आउँछ आउँदैन। जब जब म अलि बलियो सत्तासँग मैले प्रश्न गरेको छु, लडेको छु। यस्ता कुनै न कुनै प्रायोजित म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ। कहिले यो भयो, कहिले त्यो भयो। र व्यापक रुपमा मेरो चरित्र माथि प्रश्न गरिएको छ। त प्रत्येक पटक लडेर आए नि म प्रत्यकबाट बाचेर आए नि म ढलिन नि ।

किन थाहा छ तपाईंको सुभेक्षा आशिर्वाद आफ्नो ठाउँमा छ तर सबैभन्दा ठुलो कुरा मेरो मोरल स्ट्रेन्थ हो। यो लडाईमा म किन बाचेको छु भने किनकि म सफा छु। म स्वच्छ छु म ठिक ठाउँमा उभिएको छु। त्यसैले ढुक्क रहनुस्। मलाई माया गर्ने सबै साथीहरु ढुक्क रहनुस्। तपाईंको भा तपाईंको दाइ तपाईंको साथी तपाईंको छोरा तपाईंको पार्टी सभापति गन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। त्यसैले तपाईं मेरो बारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ।

मेरो बारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ गगन थापाबाट कुनै गलत अनैतिक काम भएको छैन हुन सक्दैन। कति साथीहरु भन्नुहुन्छ यो होला त्यो होला। ति कुनै कुराहरुसँग कुनै चिन्ता लिएर आफ्नो डिुटी गर्ने होइन। आफ्नो डिुटी गर्दै जाने हो। जे पर्छ त्यो कुरालाई बेहोर्ने हो।

खाली एउटा कुरा अन्तिममा रिक्वेस्ट गर्छु। यत्रो प्रायोजित हल्लाहरुका बीचमा राइट कोइसन मर्नु हुँदैन। कोइसन मर्यो भने डेमोक्रेसी सकिन्छ। डेमोक्रेसी मात्र होइन हाम्रो प्रगति पनि सकिन्छ। आजको सबैभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरुलाई बचाउन सक्छौ? आजको प्रश्न पनि यही हो। सबैको ध्यान यसमा जाओस् यति कुरा राख्छु।

धन्यवाद जय नेपाल।