नेपाल प्रिमियर लिग (एनपीएल) अष्ट्रेलियाका विस्फोटक ब्याटर विल बोसिस्टो काठमाडौं आइपुगेका छन्।

उनी काठमान्डु गोर्खाजबाट एनपीएल खेल्दैछन्।

काठमान्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टो आइपुगेको जानकारी दिएको हो। ‘योद्धाहरू तयार छन्, १२औँ योद्धाको प्रतीक्षा छ’ भन्दै गोर्खाजले आगामी खेलका लागि उत्साह व्यक्त गरेको छ।

बोसिस्टोले एनपिएलको पहिलो र दोस्रो सिजन कर्णाली याक्सबाट खेलेका थिए।