अभिनेता, निर्देशक तथा निर्माता भुवन केसी लामो समदेखि कला क्षेत्रलाई निरन्तता दिँदै आएका छन्। ४० वर्षभन्दा बढी समय सिने उद्योगलाई दिएका उनले आफ्नो कलाप्रतिको रुचि खुलाएका छन्।

६६ वर्ष पुगेका उनले एक अन्तर्वार्तामा आफ्नो कलाकारितालाई नमरुन्जेल निरन्तरता दिने बताएका हुन्। उनले भने, ‘मलाई नमरुन्जेल काम गर्नु मन छ। काम गर्दा गर्दै आर्यघाट पुग्नु इच्छा छ मेरो।’

उक्त अन्तर्वार्तामा उनले आफ्नो रोचक तथा चिन्ताजनक प्रसङ्ग सुनाउँदै भने, ‘मैले कहिलेकाहीँ खाना खाएँ कि खाइनँ भन्ने कुरा नै बिर्सिन्छु। म कति बेला सुतेँ र कति बेला उठेँ भन्ने पनि ख्याल हुँदैन। अचानक राति २ बजे उठ्छु र फिल्मको लागि यो यो गर्नु पर्ने छ भनेर गर्न थाल्छु।’

भुवनको आगामी चलचित्रको कुरा गर्ने हो भने उनको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘बाटुलो जुन’ कार्तिक २६ गतेदेखि प्रदर्शनको तयारीमा छ।