ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलबार १० हजार ६ सय १६ जनाले मन्दिरको दर्शन गरेका छन्।
एकै दिन साढे १० हजार बढीले मन्दिरको दर्शन गरेको वर्षकै बढी संख्या रहेको क्षेत्र विकास समितिले जनाएको छ।
मौसम खुल्ला भएको, पारिलो घाम लागेको र यातायात समेत सहज भएका कारण विगत केहिदिन यता पाथीभरामा दर्शनार्थीको घुइँचो लागिरहेको छ।
यसअघि गत कात्तिक ७ गते एकै दिन ४ हजार ३ सय ७ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।
उक्त रेकर्डलाई मंगलबारको दर्शनार्थीको संख्याले तोडेको छ।

प्रतिक्रिया