सशस्त्र प्रहरी बलले उदयपुरमा ७८ सय किलो गाँजा बरामद गरेको छ। सशस्त्रको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले ट्रकबाट गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बलका अनुसार उदयपुरको बेलका स्थित दिवाजोरमा प्रदेश नं. १–०२–००२ ख ०२०६ नम्बरको ट्रक चेकजाँच गर्दा गाँजा भेटिएको हो।

प्लास्टिकको बोरामा प्याक गरिएको ७८ सय २६ किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसबारे थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको छ। सशस्त्र प्रहरी बलले देशैभर लागुऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको छ।