नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए ।
साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो ।
तर, उक्त छलफलबाट कुनै निष्कर्ष निस्किएन ।

प्रतिक्रिया