राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने काम गर्ने जोसुकै भए पनि सजायको भागीदार हुनुपर्ने बताएका हुन्।
‘संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा र रवि लामिछाने यसमा स्पष्ट छ, यसमा कहिल्यै कसैले दुविधा मान्नुपर्दैन,’ उनले भने, ‘संविधानमा आँच आउने कुनै पनि क्रियाकलाप जोकसैले गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ र त्यसले जिम्मेवारी लिनुपर्छ।’
संविधानलाई बेवास्ता गर्ने तथा संविधानप्रदत्त अधिकारलाई मिच्ने जोकोही व्यक्तिले उन्मुक्ति नपाउने उनले बताए। यस विषयमा पार्टी बैठक बसेर छिट्टै आधिकारिक निर्णय सार्वजनिक गरिने समेत उनले जानकारी दिए।

प्रतिक्रिया