सम्भावित वर्षा र हिमपातका कारण विपद्जन्य घटना हुन सक्ने भन्दै मनाङ प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार कात्तिक १२ र १३ गते वर्षा तथा हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मंगलबार चामे गाउँपालिका–४ स्थित चामे बजार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराइएको हो।

प्रहरीले सम्भावित जोखिमबारे जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन स्थानीय जनसमुदायलाई अनुरोध गरेको छ।

सम्भावित मौसमजन्य विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दालाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।