नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय र अनुकूलता मिलेको अवस्थामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न रंगशाला जानेबारे विचार गर्ने बताएका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको ‘स्मारिका लोकार्पण कार्यक्रम’ पछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

सञ्चारकर्मीले रंगशालामा जारी खेल हेर्न कहिले जानुहुन्छ भनी राखेको जिज्ञासामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘समय मिलाएर विचार गर्नुपर्छ। अहिले नै भन्न सकिन्न, मौका मिले जाने हो।’

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माण प्रक्रियामा ओलीले विशेष चासो देखाउँदै आएका थिए। हाल त्यहाँ एनपीएलका खेलहरू सञ्चालन भइरहेका छन्।