लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन्। उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए। जघन्य अपराधतर्फ १०६, महिला तथा बालबालिकासम्बन्धी ४४ र आर्थिक अपराधतर्फ ३९ वटा घटना भएका छन्।

त्यस्तै, अवैध भन्सार छलीतर्फ छ करोड ८७ लाख ३४ हजार रुपैयाँ बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको छ। राजस्व चुहावट एक करोड ९७ लाख १७ हजार ७७२ रुपैयाँ बराबरको सामानसहित ४१ जनालाई पक्राउ गरिएको छ।

सवारीसाधन चेकजाँचका क्रममा एक हजार ४२८ व्यक्तिबाट एक करोड ४७ लाख ११ हजार राजस्व दाखिला भएको छ। प्राकृतिक सम्पदा दोहनतर्फ ७८ वटा सवारीसाधन जफत गरी २१ लाख १४ हजार ६०१ राजश्व दाखिला गरिएको छ। अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७०२ जरिवाना असुल गरिएको छ।

अदालतको फैसला कार्यान्वयनतर्फ ३१४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। उनीहरुबाट दुई करोड ५० लाख २८ हजार ५४६ जरिवाना असुल गरिएको छ। प्रहरीले विभिन्न जिल्लाबाट ३३ थान भरुवा बन्दुक, पाँच थान ऐ।नाल र तीन थान पेस्तोलसहित अवैध हातहतियार जफत गरेको छ, भने लागुऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी १११ जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट ३६ केजी चरेस, १ किलो ग्राम ब्राउन सुगर, ९३ केजी गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद भएका छन्।