नेकपा एमालेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गरेको छ।
एमालेले खुला चौर र रुखका हाँगामा बसेर हेरिने नेपाली क्रिकेट आधुनिक प्यारापिट र फ्लडलाइटको उज्यालोमा खेलिने युगमा प्रवेश गरेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेको हो।
नेपाली क्रिकेटको ऐतिहासिक विकास र आधुनिक पूर्वाधार निर्माणमा एमाले सदैव प्रतिबद्ध र अग्रसर रहँदै आएको बताउँदै एमालेले एनपीएलको तेस्रो संस्करणले समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
एमालेले एनपीएलको तेस्रो संस्करण भव्य रूपमा सफल होस् भन्ने शुभकामना दिएको छ।

प्रतिक्रिया