(सुमन थापा)

जेष्ठ २६, काठमाडौं- चन्द्रागिरि नृत्य कलाकर्मी संघले चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित स्थानिय तहका  जनप्रतिनिधिहरुलाइ  बधाइ, शुभकामना तथा सम्मान गरेको छ ।

गुर्जुधारास्थित त्रिशक्ति पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा  सदस्यहरुलाइ बधाइ तथा शुभकामना दिदै आगमी ५ बर्ष सफल कार्यकालको कामना सहित सम्मान गरेको कार्यक्रम संयोजक सुमन पोखरलले जानकारी दिनु भएको छ ।

“चन्द्रागिरिको शान, कला  संस्कृतिको पहिचान ”  भन्ने मुल नारा बोकेर  २ बर्ष अगाडि स्थपना भएको चन्द्रागिरि नृत्य कलाकर्मी संघले आयोजना  गरेको उक्त सम्मान कार्यक्रममा नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, बाग्मती  प्रदेश सभा सदस्य रमा आलेमगर सिविक नेपालका सस्थापक अध्यक्ष गौरी प्रधान, चन्द्रागिरी नगरपालिका नगरप्रमुख घनश्याम गिरि, उपप्रमुख बसन्ती श्रेष्ठ लगायत नवनिर्वाचित जनप्रतिनिधि हरुको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथी हरिहर शर्माले कला संस्कृति बचाउन चन्द्रागिरि नृत्य कलाकर्मी संघले महत्त्वपूर्ण भुमिका  खेलेको र आगमी  दिनमा यो भुमिकालाइ  निरन्तरता दिन जरुरी रहेको बताउदै चन्द्रागिरि नृत्य कलाकर्मी संघलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नृत्य कलाकर्मी संघले अतिथिलाइ स्वागत तथा सम्मानको लागि विभिन्न नृत्य तथा सुमधुर  धुनहरुको प्रस्तुति गरेको थियो ।