काठमाडौं। नेपाली सिनेमा उद्योगमा पछिल्लो समय एउटा घातक प्रवृत्ति सुरु भएको छ। चलचित्र निर्माण गर्ने प्रचार प्रसारमा पनि करोडौँ रुपैयाँ खर्च गर्ने, यहाँ सम्मकी आफ्नो चलचित्रको टिकेट आफै काटेर दर्शक हलमा पठाउने समेत निर्माताको प्रचारको शैली बनेको छ।
यो प्रचारको शैली हुन् सक्छ, तर यो प्रवृत्तिले भित्रभित्रै सिनेमा उद्योगलाई नै खोक्रो बनाउने काम गर्छ।
यही विषयवस्तुलाई लिएर निर्देशन तथा निर्माता ज्ञानेन्द्र देउजाले चलचित्र उद्योगप्रति असन्तुष्टि जनाएका छन्। पसलमा समेत सिनेमा हलको टिकेट एक जनाले पाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने–‘फ्री टिकेटको प्रवृत्ति हाल काठमाडौंमा मात्र होइन, मेचीदेखि महाकालीसम्म पाइन थालेको छ। नेपालगन्जमा पनि मान्छेले फ्री टिकेटबाट चलचित्र हेरिरहेका छन्। भने इलाममा पनि मान्छे फ्री टिकेटबाट चलचित्र हेरिरहेका छन्।’
यो प्रविधि बढ्दै गयो भने घातक हुने उल्लेख गर्दै उनले थपे–‘आज १० जनाले फ्रीमा हेरिरहेका छन् भने भोली त्यो २० हुन जान्छ। यो प्रविधि बढ्दै गयो भने अबको एक वर्षमा सिनेमा उद्योग नै बन्द हुन्छ। यो लेखेर राख्नु।’

प्रतिक्रिया