नेकपा एमालेका सचिव महेश बस्नेतले संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले यस्तो टिप्पणी गरेका हुन्। उनले राजदूत नियुक्तिमा योग्यता, पारदर्शिता र जवाफदेहिताको मापदण्ड लागू हुन नसक्नु दुखद भएको बताए।
बस्नेतले ‘जान्नेलाई छाने भन्ने, लाभका लागि जसलाई पनि छान्ने’ प्रवृत्ति अपनाउनेहरूले अब गम्भीर नैतिक प्रश्नको सामना गर्नुपर्ने भनाइ राखे।
‘संसदीय सुनुवाइमा दुई जना राजदूत अस्वीकृत भएपछि सरकारलाई धक्का लागेको छ,’ उनले भनेका छन्, ‘जान्नेलाई छाने भन्ने, लाभका लागि जसलाई पनि छान्ने’ हरूले अब गम्भीर नैतिक प्रश्नको सामना गर्नुपर्छ। योग्यता, पारदर्शिता र जवाफदेहिताको मापदण्ड नियुक्तिमा लागू हुन नसक्नु बिडम्बना हो।’

प्रतिक्रिया