नेकपा (एमाले) ले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ।
तीन दिनसम्म चलेको पार्टीको पहिलो स्थायी कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।
भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया