१) मुक्तक

कसैले सम्हालदिनुस् भनेर आग्रह गरेका थिए जब

नत्र के खाँचो थियो सम्हाल्न आग्रह सरेका थिए तब

फलेको हाँगामा फल देखिनुपर्ने टुप्पाबाटै किन झार्‍या,

लाज हुनेलाई लाज छैन सुझाव आग्रह छरेका थिए अब।

२) मुक्तक

साहित्यमा त्रुटिगत भयो भने ओइरो खन्छन्

मुक्तक हो कि गजल हो सोधीसोधी भन्छन्

अरे बाबा, भावना आफ्नो हुन्छ विकृति समाजको,

प्रतिभा छ कसैसँग शब्द चयन ह्रस्वदीर्घ गन्छन्।

३) मुक्तक

देखेपछि त समाजकै लेखी दिई हालुम जस्तो लाग्छ

एकएक गरी अक्षर समाजकै सिई हालुम जस्तो लाग्छ

जेजे गर्नु यो आँखामा कुनै पनि विकृति नछाओस्,

बन्दैछ समाज देश, आँखामा लिई हालुम जस्तो लाग्छ।

४) मुक्तक

कसैका आँखा बल्न थाल्छन् एकता चलेको देखेपछि

कोही जिउँदै जल्छन् समाजमा दियो बलेको देखेपछि

पश्चातको अग्निमा दिनदिनै जलिरहने आरिसेहरूले नै,

रूखमा झटारो हान्छन् लटरम्म फल फलेको देखेपछि।

५) मुक्तक

सुपर्णखाहरूले साथी पनि सुरसा भेट्छन्

आफ्ना आँखालाई कालो पर्दाले छेक्छन्

सधैं मनमा अरूप्रति नराम्रो सोच राख्दै,

आँखा पल्टाएर हेर्नेले खै के पो देख्छन्।