नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान निर्धारित समयमा सुरु हुन सकेको छैन।

बिहीबार दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि मतपत्र छपाइ तथा तयारीमा ढिलाइ भएपछि सवा ३ बजेसम्म मतदान सुरु हुन नसकेको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। तर विभिन्न क्लस्टरका मतपत्र अझै पूर्ण रूपमा तयार नभएकाले मतदान सुरु हुने समयबारे निर्वाचन समितिले निश्चित जानकारी दिन सकेको छैन।

केहीबेरमा मतदान सुरु भएपनि आफ्नो पालो आउन रातभर लाग्न सक्ने भएपछि मतदाताहरू आत्तिएका छन्।

निर्वाचन समितिका एक सदस्यका अनुसार आवश्यक मतपत्र तयार भएपछि मात्रै मतदान प्रक्रिया अघि बढ्नेछ। मतपत्र तयारीमा भएको ढिलाइका कारण मतदानको समय थप पछाडि सर्न सक्ने देखिएको छ।